असार २५, बागलुङ । एक घर, एक धारा’ पु¥याउने लक्ष्यसहित गलकोट नगरपालिका २ नरेठाँटीमा निर्माणाधीन ‘जसपुर–घामपानी–मसरा’ खानेपानी तथा सरसफाइ आयोजना’को काम तीव्र गतिमा भइरहेको छ । सङ्घीय सरकारको २३ करोड लागतमा बन्ने आयोजनाको सम्पूर्ण काम आगामी सात वर्षमा पूरा हुनेछ । दुई वर्षअघि शुरु भएको आयोजनामा एक करोड बराबरको काम भइसकेको उपभोक्ता समितिले जनाएको छ…