फागुन ५, डोल्पा । यहाँको त्रिपुरासुन्दरी नगरपालिका दुई सातादेखि अन्धकारमा रहेको छ । छलगाड लघुजलविद्युत् आयोजनाको जेनेरेटरमा प्रयोग हुने लेदरफिता चुँडिएपछि नगरपालिकामा दुई सातादेखि विद्युत् आपूर्ति ठप्प भएको हो । विद्युत् आपूर्ति बन्द भएपछि त्रिपुराकोट, गल्ली, करेलीकाँडा, बगरलगायतका बस्तीका स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । बिजुली बत्ती नहुँदा मोबाइल चार्ज गर्न समस्या हुनुका साथै…