दाङ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुलुक सङ्घीयतामा गएसँगै विकास निर्माणका कामले तीव्र गति पाएको बताएका छन् । आज तुलसीपुरमा भएको नेपाल हेभिइक्युपमेन्ट अपरेटर सङ्घ प्रदेश नं ५ स्तरीय भेलामा मुख्यमन्त्री पोखरेलले विकासका कामले तीव्रता पाएपछि सङ्घीयतालाई असफल बनाउन केही तत्वबाट सङ्घीयताको विरुद्धमा अफवाह फैलाएर जनतामा निराशा थप्ने कार्य भइरहेको बताए ।…