वैशाख १०, काठमाडौं । काठमाडौं महानगरपालिकाले जारी गरेको विपत् व्यवस्थापन ऐन कार्यान्वयनका लागि एक हप्ताभित्र कामपाका प्रमुखको अध्यक्षतामा समिति तयार हुने भएको छ । कामपाको गत चैत २४ गते बसेको चौथो नगरसभाले उक्त ऐन पारित गरेको थियो । अबको एक हप्ताभित्र कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा उक्त समिति गठन गरिने प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए…