असार १३, दमौली । तनहुँको व्यास नगरपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणले नयाँ घर निर्माण गर्दा दुई वटा बिरुवा अनिवार्य रोपण गर्नुपर्ने भएको छ । हरियाली नगर बनाउने उद्देश्यका साथ नगरपालिकाले घर निर्माण सम्पन्न प्रमाणपत्र लिनुअघि न्यूनतम दुई वटा बोटबिरुवा रोपण गर्नुपर्ने नीति ल्याएको हो । नगरपालिकालाई हरियाली नगर बनाउने उद्देश्यका साथ बिरुवा रोपण अभियान सञ्चालन गर्न…