१७ जेठ, पोखरा । कास्की जिल्लामा क्षेत्रफलको हिसाब सबैभन्दा सानो एवं सुन्दर रुपा गाउँपालिकामा सञ्चालित ५ वटै स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापना गरिएको छ । स्वास्थ्यचौकीमा प्रयोगशाला सञ्चालनमा आएसँगै कुनै पनि रोगको पहिचानका लागि एक दिन लगाएर पोखरा धाउनुपर्ने उक्त गाउँपालिकाका सर्वसाधारणको बाध्यता अन्त्य भएको छ । प्रयोगशालामा रगत, दिसापिसाब, खकारलगायत २० प्रकारका रोगको परीक्षण गरिने…