साउन २०, धनगढी । डोटी जिल्लाको बोगटान गाउँपालिकाको नाम ‘बोगटान फुडसिल’ नाम राख्न सिफारिश गरिएको छ । प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले गाउँसभा र स्थानीय बासिन्दाको मागबमोजिम नाम हेरफेर गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री शाहका अनुसार बैठकले कैलाली जिल्लाको दक्षिणी क्षेत्रको…