भदौ २०, तुलसीपुर । यहाँका स्थानीय तह प्रविधिमैत्री बन्दै गएका छन् । पहिले कागजी रूपले कामकाज हुने गरे पनि पछिल्लो समय स्थानीय तहका प्रतिनिधिले प्रविधिको उपयोग गरी काम गर्न थालेका छन् । जिल्लाका घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले प्रविधिमैत्री सेवा थालेका छन् । नागरिकलाई सरल, सहज र छिटो छरितो तरिकाले सेवा दिने भन्दै…