कालिकोटको रास्कोट नगरपालिकाले एम्बुलेन्स खरीद गरेको छ । नगरवासीको सेवासुविधाका लागि एम्बुलेन्स खरीद गरिएको हो । एम्बुलेन्स नहुँदा बिरामीलाई स्टेचर, डोको र पिठ्युमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता थियो । ‘नगरवासीको सेवासुविधालाई ध्यान दिएर एम्बुलेन्स किनिएको हो,” नगरपालिका प्रमुख काशीचन्द्र बरालले भने । “विगतमा जिल्ला अस्पतालसम्म बिरामी बोक्न दिन लाग्थ्यो,” उनले भने, “अब सडक पुगेको छ,…