३० असार, इटहरी । धरान उपमहानगरपालिका वडा नं १४ विजयपुरलाई बालमैत्री घोषणा गरेको छ । प्रदेश नं १का सभामुख प्रदीपकुमार भण्डारीले बालमैत्री वडा घोषणा गर्दै मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्न बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार गर्नुपर्नेमा जोड दिए । शनिबार वडा नं १४मा पर्ने विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणा गरिएको हो । उनले परिवारदेखि…