पुस २०, ललितपुर । ललितपुर महानगरपालिकाका घना बस्तीमा वर्षात्को पानी जम्न नदिनका लागि दीर्घकालीन फोहर पानी व्यवस्थापन आयोजना शुरु भएको छ । ललितपुर महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी लिमिटेडअन्तर्गको आयोजना कार्यान्वयन निर्देशनालयले संयुक्तरुपमा पाटन दरबार क्षेत्र, कुमारीपाटी लगायत स्थानमा फोहर पानी जम्न नदिनका लागि आयोजना सञ्चालनको योजना बनाएका हुन् । कूल ४८ करोड लागत रहेको…