पुस ३०, भरतपुर । रत्ननगर नगरपालिकाले जनप्रतिनिधिका लागि आचारसहिंता जारी गरेको छ । जनप्रतिनिधिलाई जिम्मेवार र पारदर्शी बनाउन जारी गरिएको आचारसंहिता आइतबार सम्पन्न चौथो नगरसभाले पारित गरेको हो । नगरवासीसँग प्रत्यक्ष सरोकार राख्ने जनप्रतिनिधिलाई नागरिकप्रति उत्तरदायी बनाउन आचारसंहिता जारी गरिएको नगरप्रमुख नारायण वनले बताए । आचारसंहितामा जनप्रतिनिधिले नगरपालिकाभित्र पान, गुड्खा खान पाउने छैनन् भने नगरभित्रका…