चैत्र २०, सुर्खेत । कर्णाली प्रदेशस्तरीय प्राङ्गारिक कृषि उपज प्रदर्शनी मेला पहिलोपटक शुरु भएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मूल नारासहित ६२औँ राष्ट्रिय सहकारी दिवस एवं प्रथम कर्णाली प्रदेशस्तरीय प्राङ्गारिक कृषि उपज प्रदर्शनी मेला कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बुधबारदेखि शुरु भएको हो । प्रर्दशनी मेलाको उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशसभाका सभामुख…