वैशाख ८, गौशाला । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरीको आज बिहान निधन भएको छ । पाँच छ दिनअघि अचानक बिरामी भई हेलिकप्टरमार्फत काठमाडौं लगिएकामा ४५ वर्षीय चौधरीको आज उपचारका क्रममा काठमाडौंमै निधन भएको राष्ट्रिय जनता पार्टी नेपालका महोत्तरी जिल्ला संयोजक रामप्रगास यादवले बताए । राजपाबाट पिपराका अध्यक्षमा निर्वाचित चौधरीको आज बिहान १० बजे…