असार १५, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरका मुख्य र सहायक सडकमा गरेर झण्डै एक हजार ५०० सडक बत्ती जडान शुरु गरेको छ । ‘मेयर उज्यालो कार्यक्रम’ मार्फत महानगरपालिकाले रातको समयमा यात्रु र सवारीसाधनलाई सहज बनाउन सडक बत्ती जडान गत वर्षदेखि शुरु भएको हो । चालु आवमा बाँकी स्थानमा जडान गरिने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए…