असार २६, बनेपा । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाको सडक बर्खायाम शुरु भएसँगै अवरुद्ध भएको छ । जिल्ला सदरमुकाममा आवतजावत गर्नका लागि छिमेकी जिल्ला सिन्धुलीको घ्याङ्लेक गाउँपालिकाको रामपुरखोला हुँदै जानुपर्नेमा बर्खा लागेसँगै रामपुर खोला बढेर तर्न नसकिने, कच्ची सडकको ठाउँठाउँमा पहिरो जाने, भत्कने र हिलोका साथै खाल्डाखुल्डीका कारण आवतजावतमा समस्या भएपछि त्यहाँका बासिन्दाले कठिनाइ व्यहोर्नु परेको…