माघ १०, दमौली । तनहुँको व्यास नगरपालिकाले बजार क्षेत्रभित्र जथाभावी फोहर फाल्नेलाई कारवाही गर्ने भएको छ । स्वच्छ र हराभरा नगरपालिका बनाउने उद्देश्यसहित नगरपालिकाले जथाभावी फोहर फाल्नेलाई कारवाही गर्ने जनाएको हो । बजार क्षेत्रमा फोहरजन्य वस्तु र प्लाष्टिकको पोका फाल्नेलाई पाँच हजारसम्म जरिवाना गर्ने नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पहिलो पटक…