१५ असार, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रानीघाट पुलको स्थलगत अनुगमन गरेका छन् । प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिका हुँदै बर्दिया जोड्ने भेरी नदीमाथि निर्माणाधीन उक्त पुलको निर्माण कार्य विगत छ वर्षदेखि अलपत्र रहेको थियो । सो अवसरमा मुख्यमन्त्री शाहीले भने, “अब हामी निर्माण व्यवसायी, डिभिजन सडक कार्यालय र पुल…