मङ्सिर ३, भीमदत्तनगर । निर्माण कम्पनीको बेवास्ताका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिका १ दोमिल्लामा रहेको धारापानी सिँचाइ आयोजना अलपत्र परेको छ । सिँचाइ आयोजना सम्पन्न गर्न ठेक्का पाएको आशिष कन्ट्रक्सन धनगढीले समयसीमा दुईपटक थप गर्दा पनि काममा ढिलाइ गरेपछि योजना नै अलपत्र परेको हो । दोस्रोपटक काम गर्न थप गरिएको समय सकिएर आठ महीना बितिसक्दा…