२६ माघ, रामपुर– पाल्पा । स्थानीयवासीको सक्रियतामा पूर्वखोला गाउँपालिका– ३ को बाराहीटोलमा मोटरबाटो निर्माण गरिएको छ । पूर्वखोला गाउँपालिकाको वडा नं ३ को चुनियाँ देखि बाराही टोल सम्मको तीन किलोमिटर मोटरबाटो निर्माण गरिएको हो । साविक रिङ्नेरह गाविसको चुनियाँदेखि बाराहीटोल, भुपिया, अर्खलडाँडा हुँदै रुम्ढ्या जोड्ने सात किलोमिटर ट्रयाकमध्ये तीन किलोमिटर सडकको ट्रयाक खुलेपछि स्थानीयवासी खुशी…