चैत २८, जीतपुर । कपिलवस्तुको मायादेवी गाउँपालिकामा शिक्षाको क्षेत्रमा काम गर्नका लागि अहिलेसम्म कर्मचारी व्यवस्थापन गर्न नसके पनि गाउँपालिकाले आफ्नै प्रयासमा शिक्षाका काम गर्न थालेको छ । यसअघि शिक्षा कार्यालयका तर्फबाट स्रोत व्यक्तिले शिक्षा शाखाको जिम्मेवारी सम्हाले पनि सरकारले स्रोत व्यक्तिलाई विद्यालय फिर्ता गरेपछि अहिले शिक्षाको काम गर्ने कुनै पनि व्यक्ति कार्यालयमा रहेका छैनन् ।…