गलेश्वर । आर्थिक वर्षको अन्त्यमा सयौँ योजनाको भुक्तानी गर्नुपर्ने बेलामा बेनी नगरपालिकाका लेखा अधिकृत भागेपछि नगरपालिकामा खैलाबैला मच्चिएको छ । एउटा विद्यालयका प्रधानाध्यापकसँगको सामान्य विवादको विषयलाई लिएर नगरपालिकाका लेखा अधिकृत नारायणप्रसाद सुवेदीले प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मालाई साउन ५ गतेसम्मको बिदा लेखेर भागेपछि बेनी नगरपालिकाका विभिन्न क्षेत्रका सयौँ उपभोक्ता समितिले नगरपालिकाबाट पाउनुपर्ने भुक्तानी रोकिएको छ…