४ माघ, पोखरा । कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा निर्माण सम्पन्न सिक्लेस जलविद्युत् आयोजनाले अबको पाँच दिनपछि नियमित रुपमा विद्युत् उत्पादन गर्ने भएको छ । डेढ महिनादेखि परीक्षण उत्पादन गर्र्दै आएको उक्त आयोजनाको परीक्षण उत्पादन सफल भएकाले सोमबारदेखि नियमित विद्युत् उत्पादन गर्ने र विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाका प्रबन्ध निर्देशक किरण केसीले जानकारी दिए ।…