तारानाथ आचार्य वैशाख २५, बलेवा । गोठभरि गाईभैंसी, करेसामा तरकारी, घरभरि बालबच्चा । गोठका गाईभैंसीलाई कम्तीमा दिनभरिमा दुई पटक पानी खुवाउनु पर्ने । करेसाबारीका तरकारी आकाशे पानीकै भरमा । आकाशबाट पानी नपरे सुख्खा याममा यसै मरेर सकिन्थे । बालबच्चाको नुवाइधुवाइका लागि सधैं पानीको अभाव । खानेपानीसमेत नभएका यहाँका चार गाउँका सर्वसाधारणलाई निकै दुःख थियो ।…