मानदत्त रावल जेठ २६, जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका ३ बुढुगाउँस्थित विराट स्वास्थ्यचौकीमा जीवनजलसमेतको अभाव रहेको छ । गाउँपालिकाले समयमा औषधि नपठाउँदा यस्तो अभाव भएको हो । स्थानीय विन बुढाका अनुसार अहिले सुक्खा मौसममा झाडापखालाको सिजन छ, तर स्वास्थ्यचौकीमा जीवनजलसमेत नहुँदा समस्या भएको छ । उहाँले भन्नुभयो, “स्वास्थ्यचौकीमा बिरामी औषधि लिनका लागि आउने गरे पनि…