केदार मगर खोटाङ । जिल्लाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल मझुवागढी क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको व्यापारिक दिक्तेलबजार नजिकै पर्ने ऐतिहासिक मझुवागढी, कालिका भगवती, मझुवामाई र बुद्धेश्वर गुफा क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो । हलेसी आउने तीर्थालुले…