खोटाङ । अविरल वर्षाका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध हुँदा दशैँ–तिहार मान्न आवतजावत गर्नेलाई सास्ती भएको छ । हप्ता दिनदेखि लगातार परिरहेको वर्षाका कारण जिल्लाका कुनै पनि ग्रामीण सडकमा अहिले सवारी साधन चल्न सकेका छैनन् । वर्षाका कारण दिक्तेल–बाक्सिला, दिक्तेल–ऐँसेलुखर्क, दिक्तेल–पाथेका, दिक्तेल–मात्तिम–पञ्चमी, दिक्तेल–रेग्मीटार–रसुवा सडक पूर्ण अवरुद्ध बनेका खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए…