बेनी । म्याग्दी सदरमुकाम बेनीदेखि पर्यटकीयस्थल लभ्लीहिल जोड्न पक्की पदमार्ग निर्माण सम्पन्न भएको छ । बेनी नगरपालिका २ मा रहेको लभ्लीहिलमा पर्यटकको आगमन बढाउनको लागि बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली सङ्घ मोना र म्याग्दी उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय साझेदारीमा निर्माण गरिएको सो पदमार्गको आइतबार प्रतिनिधिसभाका सदस्य भूपेन्द्रबहादुर थापाले उद्घाटन गरे । बेनीको हाँडेभिरदेखि लभ्लीहिल जोड्ने…