१४ जेठ, काठमाडौं । सरकारले सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा व्यावसायिक शिक्षा प्रदान गर्न प्राविधिक शिक्षालय स्थापना गर्ने मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । ती प्राविधिक शिक्षालय स्थानीय परिवेशका हुनेछन् । “जुन स्थानीय तहमा जस्तो किसिमको प्राकृतिक स्रोत साधन उपयोग…