पुस १७, हेटौँडा । प्रदेश नं ३ सरकारले प्रदेशका १० जिल्लामा तरकारी तथा फलफूलको सुरक्षित भण्डारण गर्ने गरी शीतभण्डार सञ्चालन गर्ने भएको छ । शीतभण्डार निर्माणका लागि प्रस्ताव समेत आह्वान भएपछि शीतभण्डार बन्ने पक्का भएको हो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार उपत्यकाबाहेक मकवानपुर, धादिङ, सिन्धुली, रामेछाप, दोलखा, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, चितवन र…