चैत ३, दाङ । दाङको तुलसीपुरमा पहिलो पटक एक निजी अस्पतालले सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । तुलसी अस्पताल प्रालिले सो एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । जिल्लामा पहिलो पटक ‘क’ वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख चिकित्सक बाल रोग विषेशज्ञ डाक्टर किशोर खत्रीले जानकारी दिए । आइसियु, भेन्टिलेटर, कार्डियाक, इसिजी लगायत सेवासहित…