वैशाख ३, पशुपतिगनर । चियाको राजधानी सूर्योदय नगरपालिकामा रहेका ५२ चिया कारखाना श्रम ऐन कार्यान्वयन गर्न सहमत भएका छन् । सूर्योदय टी प्रोडयुसर्स एशोसिएसनमा आबद्ध रहेका उद्योगले सरकारसँग २५ बुँदे माग राख्दै श्रम ऐन कार्यान्वयमा ल्याउन लागेका हुन् । एशोसिएसनको गत चैत ३० गतेको बैठकले सरकारसँग केही शर्त राखेर असारसम्म श्रमिकलाई सेवासुविधा दिने जनाएको छ…