असार १८, खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको लिलिमा र खामडाँडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको ४६ लाख ९६ हजार ७०९ लागतमा विस्तार गरिएको विद्युत् मङ्गलबारदेखि औपचारिक उद्घाटन गरिएको छ । लिलिमा र खामडाँडाका ८४ घर उपभोक्ताको घरमा विस्तार गरिएको केन्द्रीय प्रसारण लाइनको विद्युत् प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले शुभारम्भ…