काठमाडौँ, २१ भदौ । स्थानीय तह शासन सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफल गरी प्रतिवेदन पेश गर्न गठित उपसमितिले काम पूरा गरेको छ । व्यवस्थापिका–संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारी समक्ष बुधबार उपसमिति संयोजक सांसद रामचन्द्र पोखरेलले प्रतिवेदन बुझाए । प्रतिवेदनमाथि बिहीबार समितिको पूर्ण बैठकमा छलफल गरी पारित गरिने सभापति अधिकारीले जानकारी दिए…