बागलुङ । जिल्लाको ताराखोला, तनहुँको बन्दीपुर र गुल्मीको धुर्कोट गाउँपालिकाले एकापसमा भगिनी साइनो गाँसेका छन् । ताराखोलाका अध्यक्ष प्रकाश घर्तीमगर, बन्दीपुरका अध्यक्ष पूर्णसिंह थापामगर र धुर्कोटका अध्यक्ष भुपाल पोखरेलले बुधबार भगिनी साइनो जोड्ने समझदारी पत्रमा हस्ताक्षर गरे । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको विशेष उपस्थितिमा भगिनी सम्बन्ध स्थापना तथा घोषणा गरिएको…