लमही । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गर्ने तुलसीपुर पोलिटेक्निक इन्स्टिच्युटमा नगरभित्रका विद्यार्थीलाई शुल्कमा छुट दिइने भएको छ । तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रमा रुपमा विकास गर्ने उद्देश्यले सञ्चालन हुन थालेको कलेजमा यो वर्ष वन विज्ञानको तीनवर्षे कार्यक्रम सञ्चालन हुन थालेको शिक्षा शाखा प्रमुख भाष्करराज गौतमले जानकारी दिए । “कार्यक्रम सञ्चालनको सबै प्रक्रिया पूरा भएको छ, अब हामीले…