हेटौँडा । कृषकलाई आफ्नो उत्पादन भण्डारण तथा बिक्री वितरणमा सहज बनाउन मकवानपुरको बकैया गाउँपालिकामा चिस्यान केन्द्र (कोल्ड स्टोर्स) सहितको कृषिउपज सङ्कलन केन्द्र स्थापना गरिएको छ । उक्त गाउँपालिकाले मर्सिकोर नेपाल, मकवानपुरस्थित बाल कल्याण समाज तथा स्थानीय जनश्रमदानसमेत गरी कूल २८ लाखको लागतमासो केन्द्र स्थापना गरेको हो । उक्त गाउँपालिकाको विभिन्न क्षेत्रका कृषिउपज सङ्कलन गरी बिक्री…