असोज ११, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले नदी क्षेत्रमा हाते औजार प्रयोग गरी सङ्कलन गरिएको बालुवा निकासी गर्न अनुमति दिएको छ । नगरपालिकाले इन्द्रावती, मेलम्ची र सिन्धुखोलालगायत नदी क्षेत्रको बालुवा निकासी गर्न खुला गरेको हो । संकलित बालुवा कर तिरेर मात्र ट्रक वा टिपरबाट निकासी गर्न नगरपालिकाले सूचना जारी गरेको छ । राजश्व नतिरि निकासी…