कात्तिक १, परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले दशैँका अवसरमा पहिलोपटक बजार अनुगमन गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन हुँदै आएकामा स्थानीय तहबाटै बजार अनुगमन गर्न निर्देशिका बनेपछि अनुगमन भएको हो । अनुगमन क्रममा रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भा कुँवर आफैँ सदरमुकाम परासी बजारमा निस्किएकी थिइन् । स्थानीय सरकार सञ्चालन ऐन…