माघ २५, गलकोट । बागलुङ जिल्लाका नौ स्थानीय तह दमकलविहीन छन् । जिल्लाको बागलुङ नगरपालिकाबाहेकका सबै स्थानीय तहमा दमकल छैन । गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, ताराखोला गाउँपालिका, निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बढीगाड गाउँपालिका र बरेङ गाउँपालिकामा दमकल छैनन् । दमकल अत्यावश्यक भएपनि हालसम्म खरीद गर्न नसकिएको र आगामी वर्ष बजेट विनियोजन…