हेमन्त केसी चैत १, जाजरकोट । जाजरकोटको दुर्गम बारेकोटमा सञ्चालित घुम्ती शिविरमा ७२ वर्षीया एक ज्येष्ठ महिलादेखि तीन दिने सुत्केरी समेतले नागरिकता लिने अवसर पाएका छन् । बारेकोट गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय जाजरकोट समन्वयमा बुधबारदेखि बारेकोटको लिम्सामा भएको शिविरमा बारेकोट गाउँपालिका ४ गोठगाउँकी ७२ वर्षीया धनसरी सिंहले नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन् ।…