कृष्ण दवाडी चैत २९, कास्की । धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्व बोकेको पोखरा महानगरपालिका २८ मा अवस्थित ठूलाकोटमा पर्यटन प्रवर्द्धनको अवधारणा अघि सारिएको छ । यहाँ रहेको कालभैरव र चण्डी देवीको मन्दिरमा पूजाआजा गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वासले चैतेदशैँ तथा बडादशैँको अवसरमा टाढाटाढाबाट पनि दर्शनार्थीको घुइँचो लाग्न थालेपछि धार्मिक पर्यटनलाई अघि बढाउन सकिने सोचका साथ…