जेठ २१, गलकोट । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका ९५ जनाले एकैसाथ रोजगार पाएका छन् । नेपाल सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको पारिश्रमिकमा आधारित अल्पकालीन रोजगार कार्यक्रमअन्तर्गत ९५ जनालाई रोजगारी प्रदान गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आज औपचारिक कार्यक्रमको आयोजना गरी ९५ जनालाई २२ दिनसम्मका लागि श्रममा आधारित रोजगारी प्रदान गर्ने घोषणा गरेको हो…