२६ वैशाख, बाजुरा । साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने बूढीगंगा नगरपालिका–१, अम्कोटको द्वारीमा मंगलबार राति आएको पहिरोले सडक बन्द भएको छ । सडकको माथिपट्टिबाट ठूलो ढुंगा आएर बीच सडकमा अड्किएपछि बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताएका छन् । जेसिवी प्रयोग गरेर बाटो खोल्न खोज्दा सम्भव नभएपछि स्काभेटर नै प्रयोग…