कास्की । गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले संविधान, कानून र प्रदेश सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सुशासन आवश्यक रहेको बताएका छन् । गण्डकी प्रदेशसभाको बिहीबारको बैठकमा असोज ६ गते प्रस्तुत ‘गण्डकी प्रदेशमा सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै…