कृष्णराज गौतम भदौ ५, काठमाडौं । लिच्छिवीकालदेखि नै काठमाडौं उपत्यकाभित्र छिर्ने महत्वपूर्ण नाकाका रुपमा रहेको घ्याम्पेडोलदेखि वाणभञ्ज्याङ सम्मको सडकखण्ड स्तरोन्नतिका लागि तीन तहकै प्रतिनिधिका साथै स्थानीयवासी पनि अग्रसर भएका छन् । काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका र चन्द्रागिरि नगरपालिका क्षेत्रमा पर्ने खड्कागाउँ (भलु भैरव टोल) स्थित घ्याम्पेडोलमा सानो पुल (कल्भर्ट) शिलान्यासका क्रममा जनप्रतिनिधिले करीब सात…