असोज ९, ताप्लेजुङ । ताप्लेजुङ सहित पूर्वकै समृद्धिसँग जोडिएको ताप्लेजुङको दोभानस्थित तमोर नदीमाथि मोटर चल्ने पुल बनेको छ । निर्माण शुरु भएको झण्डै एक दशक पुग्न लाग्दा उक्त पुलले आफ्नो स्वरुप पाएको छ । अढाइ वर्षभित्रै बनाउने गरी २०६६ सालमा कन्काइ, मैनाचुली र याक्थुङ्हाङ गरी तीन निर्माण कम्पनीले सडक डिभिजन कार्यालय इलामसँग करीब १०…