असार १३, खोटाङ । जिल्लाका दश स्थानीय तहमध्ये पाँच स्थानीय तहले तोकिएको मितिमा नीति तथा कार्यक्रम एवं बजेट ल्याउन सकेनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १० गतेभित्र अनिवार्य नीति तथा कार्यक्रम एवं बजेट ल्याउन सर्कुलर गरे पनि ल्याउन नसकेको हो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका बराहपोखरी गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका,…