राँझा । बाँकेको खजुरा गाउँपालिकाले विकासमा जनसहभागिता जुटाउन वृहत् खजुरा सम्मेलनको आयोजना गरेको छ । सम्मेलनबाट खजुरा गाउँपालिकाले आफ्नो नीतिगत प्राथमिकता र योजना निर्माणको मार्गचित्र तय गर्नेछ । बुधवारबाट शुरु भएको वृहत् खजुरा सम्मेलनबाट विकासमा सबै खजुरेलीको साझेदारी बनाउने प्रक्रियालाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास लिइएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । “समृद्ध खजुराको…