हरि बाँस्तोला १ भदौ, नवलपुर– परासी । वर्षेनी वर्षात्को समयमा हुने गरेको नारायणी नदीको कटानको पीडा भोगिरहेका बोटे वस्तीका बासिन्दालाई त्रासमा बस्नु यतिखेर दैनिकी जस्तै बनेको छ । नारायणी नदीको भङ्गालो निरन्तर वस्तीमा सोझिएपछि सम्भावित दुर्घटनाको पीडाले स्थानीय बासिन्दा वर्षौँदेखि पीडित बन्दै आएका छन् । नदीको कटानका कारण आफूहरुको बास जोखिममा परेको मध्यबिन्दु नगरपालिका–२…